०६ असार २०८३, शनिबार

शुक्लाफाँटामा पाँच वर्षपछि पहिलोपटक देखियो सालक

कात्तिक २०, २०७४
शुक्लाफाँटामा पाँच वर्षपछि पहिलोपटक देखियो सालक

कञ्चनपुर, ६ वैशाख–  पुनर्वास नगरपालिकाको पचगडीमा फेला परेको दुर्लभ सङ्कटापन्न वयस्क पोथी इन्डियन सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबार छाडिएको छ ।

सालकलाई इलाका वन कार्यालय पचगडीयाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सेक्टरका कर्मचारीलाई बुझाएको थियो । पोथी वयस्क सालकको लम्बाइ १५० सेमी र जिब्रोको लम्बाइ ४० सेमी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए । राति सक्रिय हुने सालकले आहाराका रुपमा धमिरा र कमिला खाने गर्छ ।

तराईको घना वनको रातोमाटो भएका क्षेत्रमा सालक पाइने गरिन्छ । अधिकृत चौधरीले सालकको कत्ला र छालाका लागि यसको तस्करी बढ्दो रुपमा रहेकाले यसको संरक्षण गरिनु जरुरी रहेको बताए ।

सालकबारे छुट्टै अनुसन्धान र सर्वेक्षण नगरिए पनि निकुञ्जभित्र र आसपासका क्षेत्रमा यसको सङ्ख्या निकै थोरै मात्रामा रहेको निकुञ्जका रेन्जर यमबहादुर रावतले बताए । उनका अनुसार सालक १५ देखि २० वर्षसम्म बाँच्ने गर्छ । सालक यहाँ पाँच वर्षपछि पहिलो पटक देखा परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्