३० जेठ २०८३, शनिबार

भारतको शेयर बजारमा हंगामा, यस बैंकका ग्राहक आत्तिए

फागुन २३, २०७६
भारतको शेयर बजारमा हंगामा, यस बैंकका ग्राहक आत्तिए

कोरोनाभाइरसको प्रकोप र यस बैंकमा संकटका कारण भारतको शेयर बजारमा हंगामा मच्चिएको छ । 

शुक्रवार शेयर बजारमा स्वाट्टै घट्यो । बम्बे स्टक एक्सचेन्जको सेन्सेक्स बिहान ८५७ अंक झरेर ३७ हजार ६१३ दशमलब ९६ मा खुल्यो । 

यस बैंकको शेयर २५ प्रतिशतसम्म घटेर २७.६५ भारुमा झर्‍यो । 

अनि नेसनल स्टक एक्सचेन्जको निफ्टी ३२७ अंक घटेर १९ हजार ९४२ दशमलब ६५ मा खुल्यो । ८०२ कम्पनीको शेयर घटेको छ । 

यस बैंक संकटमा परेपछि भारतीय रिजर्भ बैंकले उसको निकासी सीमा ५० हजार भारु बनाएको छ । अर्थात् ग्राहकहरूले बैंकबाट ५० हजार भारु मात्र निकाल्न ािउँछन् । आरबीआईको आदेश एक महिनाका लागि हो । 

यस्तो आदेश आएपछि देशभरि यस बैंकका ग्राहकहरू आत्तिएका छन् । बिहीवार राति अनेकौं शहरमा बैंकका एटीएममा ग्राहकहरूको लाइन देखियो । 

तर भारतीय स्टेट बैंकको बोर्डले संकटग्रस्त यस बैंकमा लगानीका लागि सैद्धान्तिक मञ्जूरी दिएको छ । सबै कुरा योजनामुताबिक चलेमा आर्थिक संकटग्रस्त यस बैंकमा देशको सबभन्दा ठूलो सरकारी बैंक एसबीआईको साझेदारी हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्