२२ जेठ २०८३, शुक्रबार

कोरोनाविरुद्ध एकजुट हुन संसद्‍मा गगनको सार्वजनिक महत्त्वको प्रस्ताव

फागुन २३, २०७६
कोरोनाविरुद्ध एकजुट हुन संसद्‍मा गगनको सार्वजनिक महत्त्वको प्रस्ताव
फाइल फोटो

विश्वव्यापी महामारीको रूप ग्रहण गरेको कोरोना भाइरसविरुद्ध एकजुट हुन भन्दै प्रतिनिधिस भामा शुक्रवार जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुँदैछ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले पेश गरेको प्रस्तावमाथि आजको बैठकमा छलफलको कार्यसूची रहेको हो ।

प्रस्तावलाई कांग्रेसकै सञ्जय गौतम लगायत सांसदले समर्थन गरेका छन् ।

प्रस्तावमाथि छलफल भएपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको तर्फबाट जवाफ दिनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्