
चीनमा कोरोनाभाइरसको प्रकोप बढेसँगै वन्यजन्तु पालन र खान कडा प्रतिबन्ध लगाइएको छ । वुहानको वन्यजन्तु बजारबाट यो भाइरस फैलिन थालेको विश्वास गरिएको छ ।
कुन पशुले मानिसमा भाइरस फैलायो भन्ने स्पष्ट भइसकेको छैन । चमेरो, सर्प र सालक सबैमा शंका गरिएको छ । तर चीनले अर्को संक्रमण रोक्नका लागि मालदार वन्यजन्तु उद्योगलाई नियन्त्रण गर्नुपर्छ ।
फेब्रुअरी महिनाको अन्त्यतिर चीनले महत्त्वपूर्ण पर्यावरणीय, वैज्ञानिक र सामाजिक मूल्यका वन्यजन्तुको पालन र भोजन दुवैमा अस्थायी प्रतिबन्ध लगाएको हो । यसलाई यसै वर्ष कानून बनाइने अपेक्षा छ ।
तर वन्यजन्तुको व्यापार अन्त्य गर्न गाह्रो छ । चीनले वन्यजन्तुको उपयोग खानलाई मात्र नभई परम्परागत औषधि, लुगाफाटो, गहना र घरपालुवा बनाउनका लागि गर्ने गरेको छ ।
चिनियाँ अधिकारीहरूले वन्तयजन्तुको व्यापार रोक्न खोजेको यो पहिलो अवसर हैन । सन् २००३ मा न्याउरीमुसा जस्ता प्राणीमा सार्स भाइरस भेटिएपछि तिनको सेवनमा प्रतिबन्ध लगाएर तिनलाई मारिएको थियो । सार्स फैलिएपछि ग्वान्जाउमा सर्पहरूमा पनि प्रतिबन्ध लगाइएको थियो ।
तर अहिले चीनका धेरै भागमा पशुहरूलाई भोजन बनाइने गरेको छ ।
सार्वजनिक स्वास्थ्यविद्हरूले प्रतिबन्ध पहिलो महत्त्वपूर्ण पाइला भएको बताएका छन् तर अहिलेको अवसरको सदुपयोग गर्दै वन्यजन्तुलाई परम्परागत चिनियाँ औषधि बनाउन तथा वन्यजन्तु खाने चिनियाँ संस्कृतिलाई अन्त्य गर्न कदम चाल्न सुझाव दिएका छन् ।