
तनहुँको शुक्लागण्डकी नगरपालिकामा मिनी ट्रकको ठक्करबाट घाइते १ मजदूरको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी–८ घर भइ दुलेगौडास्थित रिमाल हार्डवेयर सेन्टरमा काम गर्दै आएका केशव नेपाली हुन् ।
ट्रकमा रड अनलोड गर्ने क्रममा पछाडिबाट आएको ग१क ४९१२ नम्बरको मिनि ट्रकले नेपालीलाई बिहीवार बिहान ठक्कर दिइ घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए ।
घाइते नेपालीलाई पोखरास्थित शिक्षण अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।