
मिर्गाैला पुनः प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सल्लाहकार विष्णु रिमालसँग कुराकानी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियापछि पहिलोे पटक प्रधानमन्त्रीसँग कुरा गर्ने अवसर मिलेको सल्लाहकार रिमालले जनाएका छन् ।
शुक्रवार ट्विट गर्दै रिमालले प्रधानमन्त्रीले छिट्टै काममा फर्किने बताएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अबसर मिल्यो । ‘साथीहरूलाई भनिदिनस्, मेरो स्वास्थ्य तीब्रगतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’
धेरै खुशी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !
सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। "साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।"
— Bishnu Rimal (@BishnuRimal) March 6, 2020
धेरै खुशि लाग्यो,
शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!
सोमवार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार शल्यक्रिया गरिएको थियो । अस्पतालले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।