२५ जेठ २०८३, सोमबार

बालबालिकाको झगडामा ठूला पनि सामेल– पुरुषले टोके महिलाको औंला

फागुन २३, २०७६
बालबालिकाको झगडामा ठूला पनि सामेल– पुरुषले टोके महिलाको औंला

भारतको उत्तर प्रदेशमा रहेको अमरोहा जिल्लामा दुई परिवारका बालबालिकाबीच झगडा हुँदा ठूलाहरू पनि मिसिएपछि हिंसा मच्चिएको छ । 

झगडाका क्रममा बालबालिकाका पिताले एक महिलाको औंला टोकिदिएका छन् र उनका पतिको आँखामा चुच्चो कुराले घोचेका छन् । 

‘घटना बुधवार भएको हो । दुई परिवारका बालबालिकाले झगडा गरे । त्यसमा उनीहरूका आमाबुवा पनि मिसिए र एक पिताले अर्को बच्चाको आमाबुवामाथि आक्रमण गरे,’ प्रहरी अधिकारी रविन्द्र सिंहले भने । 

झगडाका क्रममा आरोपितले महिलाको औंला टोके अनि पतिको आँखामा घोचे । 

घटनाको उजुरी दायर गरिएको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि आरोपित फरार छन् । 

घाइते भएकाहरूलाई कति चोटपटक लागेको हो भनी बुझ्नका लागि स्वास्थ्य जाँचमा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्