२९ जेठ २०८३, शुक्रबार

इजरायलमा विगत एक वर्षमा तेस्रोपटक चुनाव, नेतान्याहु फेरि पनि बहुमतबाट चुके

फागुन २३, २०७६
इजरायलमा विगत एक वर्षमा तेस्रोपटक चुनाव, नेतान्याहु फेरि पनि बहुमतबाट चुके

इजरायलमा विगत एक वर्षमा तेस्रोपटक भएको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दलले बहुमत ल्याउन सकेन । 

बिहीवार घोषणा गरिएका परिणाममा नेतान्याहुको पार्टी सहितको गठबन्धन बहुमतबाट तीन सीट परै रह्यो । 

अघिल्ला दुई चुनावमा पनि नेतान्याहुले बहुमत ल्याउन सकेका थिएनन् । इजरायलको इतिहासमा यो सबभन्दा लामो समय चलेको डेडलक हो । 

इजरायलमा कुनै पनि दलले सरकार बनाउन ६० सीट जित्नुपर्ने हुन्छ । तर नेतान्याहुको लिकुड पार्टी र गठबन्धनका अन्य सदस्य दलले आवश्यक सीट जित्न सकेनन् ।

मतपरिणाम आएपछि नेतान्याहुले आफ्नो जीत ऐतिहासिक भएको बताए र विपक्षीहरूले राष्ट्रवादी सरकारलाई सत्तामा आउन रोकिरहेको भने । 

विपक्षीहरूको कुरा गर्दा ब्ल्याक यान्ड ह्वाइट पार्टीले ३३ सीट ल्याएको छ र उसबाहेक अन्यसँग १५ सीट छ तर उनीहरू अत्यधिक विभाजित हुनाले उनीहरू गठबन्धनमा आउने सम्भावना न्यून छ । 

salt training

कमेन्ट गर्नुहोस्