१० साउन २०८३, आइतबार

लगभग सबैजना महिलाविरुद्ध पूर्वाग्रही भएको राष्ट्रसंघको अनुसन्धानमा खुलासा

फागुन २३, २०७६
लगभग सबैजना महिलाविरुद्ध पूर्वाग्रही भएको राष्ट्रसंघको अनुसन्धानमा खुलासा

दशमध्ये नौ मानिस महिलाविरुद्ध पूर्वाग्रही भएको संयुक्त राष्ट्रसंघले बिहीवार जानकारी दिएको छ । ती मानिसहरू विश्वविद्यालयीय शिक्षा पुरुषहरूलाई बढी महत्त्वपूर्ण हुने र कामको अभाव भएमा पुरुषहरूले जागिरमा प्राथमिकता पाउनुपर्ने धारणा राख्छन् । 

एक चौथाइभन्दा बढी पुरुष र महिलाले पत्नीलाई पतिले पिट्नु जायज हुने सोच राख्छन्, यूएनडीपीको जेन्डर सोसियल नर्म्स इन्डेक्सले पत्ता लगाएको छ । उक्त इन्डेक्स सामाजिक विश्वासले कसरी लैंगिक समानतालाई अवरोध गर्छन् भनी पत्ता लगाउन निर्माण गरिएको हो ।

‘लैंगिक समानताविरुद्धको लडाइँ पूर्वाग्रहको कथा हो,’ यूएनडीपीको मानव विकास प्रतिवेदन कार्यालयका प्रमुख पेद्रो कोनसीचाओले एक बयान जारी गरेर बताए । 

वैश्विक जनसंख्याको ८० प्रतिशतभन्दा बढीबाट आँकडा लिएर तयार पारिएको प्रतिवेदनमा महिलाको विकासमा केही प्रगति भएको देखायो । जस्तो, प्राथमिक विद्यालयमा बालिकाहरू भर्ना हुने क्रम बढेको र मातृमृत्युदरमा कमी आएको देखिन्छ तर गहिरो गरी जमेका पूर्वाग्रहहरू कायमै छन् । 

salt training

कमेन्ट गर्नुहोस्