
तपाईंले बिबाहमा आएका जन्ती फर्किएका विभिन्न कारणहरु सुन्नु भएको होला । जस्तो दाइजोका कारण जन्ती वा बेहुला विबाहबाट फर्कने, या त कुन झगडाका कारण फर्कने हामीले सुनेका छौं । तर यउटा यस्तो अनौंठो घटना सार्वजनिक भएको जसका कारण बेहुला बिबाह छोडेर गएका छन् ।
घटना छिमेकी राष्ट्र भारतको हो, जहाँ एक रसवरीका कारण पूरै जन्ती फर्किएको छ ।
भारत कानपुर देहान गाउको कुरमापुरस्थित एक गाउमा जन्ती आएको थियो । बिहाहका बीच खानपानको समयमा बेहुलाका भाइ पर्ने एक व्यक्तिले प्लेटमा दुईवटा रसवरी राख्न खोजे । तर, बेहुली पक्षले एउटा मात्र राख्न आग्रह गरे । यस विषयमा विवाद सुरु भयो । जसका कारण हातहालाहालको अवस्था समेत भयो ।
१४ अप्रिलको राति जब २५ वर्षिय शिवकुमाको जन्ती आयो तव सवै ठिक थियो । तर जब रसवरीका कारण समस्या उत्पन्न भयो तव विवाह नै रोकियो । यो विवाद यति चर्को भयो की जन्ती र बहुली पक्षका मानिसबीच कुटाकुट भयो । केटा पक्षले केटी(बेहुली) का बाबुमाथि गाली गलोज गर्दै हातपातको कोशिशसमेत गरेका थिए । जब यो विषयमा बेहुलीले थाहा पाइन् तव उनले बिबाह गर्न नै इन्कार गरिन् ।
यो घटनापछि स्थानीय प्रहरी र विवादमा उत्रिएका बेहुला तथा बेहुली पक्षबीच सहमति गराउने प्रयास भएको थियो तर छलफलमा केही टुंगो लाग्न सकेन । प्रहरीमा भने बेहुलीका बाबुले दाइजोमा गाडी नदिएका कारण बेहुला पक्षले लफडा गरेको बताए ।