२३ असार २०८३, मंगलबार

आयोगलाई लेखकको प्रश्न- के-के आधारमा मानवअधिकार उल्लंघनकर्ता ठहर गरिएको हो ?

असार १४, २०८३
काठमाडौं
आयोगलाई लेखकको प्रश्न- के-के आधारमा मानवअधिकार उल्लंघनकर्ता ठहर गरिएको हो ?

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले राष्ट्रिय मानवअधिकार आयोगसँग आफूलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गर्दै गरिएको निर्णयसँग सम्बन्धित कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गर्दै निवेदन दिएका छन् ।

उनले शुक्रबार आयोगको छानबिन प्रतिवेदनको ‘प्रमाणित प्रतिलिपि (सूचना) उपलब्ध गराई पाऊँ’ भन्दै निवेदन दिएका हुन् ।

यसअघि, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आयोगको प्रतिवेदनको प्रतिलिपि माग्दै निवेदन दिएका थिए ।

लेखकले आयोगकी सदस्य लीली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन, सो प्रतिवेदनका आधारमा आयोगले गरेको निर्णय, नेपाल सरकारलाई पठाइएको सिफारिस तथा अनुसन्धानका क्रममा संकलित श्रव्यदृश्य र अन्य प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन् ।

आयोगले सार्वजनिक गरेको निर्णयमा आफूलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गरिएकोप्रति असहमति जनाउँदै लेखकले निर्णयको आधारबारे जानकारी प्राप्त गरी आवश्यक परे संवैधानिक तथा कानूनी उपचारको प्रक्रिया अघि बढाउन सूचना मागिएको बताएका छन् ।

यस्तो छ उनको निवेदन :

salt training

कमेन्ट गर्नुहोस्