२३ असार २०८३, मंगलबार

पुनः बीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने

फागुन २४, २०७६
पुनः बीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृति अनुसार नेपाल पुनः बीमा कम्पनीले आगामी चैत ४ गतदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रवार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ दरका कूल १ करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । कूल ८ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

आह्वानपत्र अनुसार कूल १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिने छ ।

कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्