२२ जेठ २०८३, शुक्रबार

बजारमा कृत्रिम अभाव सिर्जना गरे कारवाही हुन्छ : मन्त्री भट्ट

फागुन २४, २०७६
बजारमा कृत्रिम अभाव सिर्जना गरे कारवाही हुन्छ : मन्त्री भट्ट
फाइल फोटो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्नेमाथि कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताए ।

‘सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ । अपुग जनशक्ति अझै थप्ने तयारी छ,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोरोनाको प्रभाव पर्न नदिन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले कोरोनाको संक्रमणबारे अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्