२५ असार २०८३, बिहीबार

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

फागुन २४, २०७६
अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (एसओकेपी) लञ्च गरेको छ।

कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरिन्।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने  विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशर लागु गरिने बताइन्। मालपोतमा सेवा शुरु भइसकेको भन्दै उनले अब देशभर लागु गरिने बताइन्।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिँदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताइन्। सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताइन्।  

salt training

कमेन्ट गर्नुहोस्