२७ असार २०८३, शनिबार

अमेरिकी पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

कात्तिक २०, २०७४
अमेरिकी पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

हौस्टन, ७ वैशाख– मेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका छन् ।

९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उनका एक जना प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

उनी गत शुक्रबार अस्पतालमा भर्ना भएका बताइएको छ । उनको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिबारका सदस्यहरुले बताएका छन् ।

उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिए ।

यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उनी सन् १९२४ मा जन्मिएका हुन् भने सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्