३१ जेठ २०८३, आइतबार

मुख्यमन्त्री गुरुङ भन्छन्-विकासको मूल फुट्न थाल्यो

फागुन २४, २०७६
मुख्यमन्त्री गुरुङ भन्छन्-विकासको मूल फुट्न थाल्यो
File Photo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक पछाडि परे पनि अहिले विकासको मूल फुट्न थालेको बताएका छन्। 

बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा तमु समाजको नवनिर्मत दुईतले भवनको उद्घाटन गर्दै उनले भने, ‘वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान अभियान लिएर विकासका मूल फुटाउन थालेको छ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्जसमेत रहेका  मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले पनि स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायतका क्षेत्रमा लगानी गरिरहेको जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्