०४ असार २०८३, बिहीबार

लगातार सात फिल्म फ्लप : विद्या बालनको करीयर सकिएको हो ?

कात्तिक २०, २०७४
लगातार सात फिल्म फ्लप : विद्या बालनको करीयर सकिएको हो ?

काठमाडौं, ६ वैशाख — 'बेगम जान' फिल्म फ्लप भएपछि बलिउडकी प्रतिभाशाली अभिनेत्री विद्या बालनको फिल्मी करीयर लगभग समाप्त भएको छ । उनका लगातार सातवटा फिल्म फ्लप भएका छन् ।


'बेगम जान'ले बक्स अफिसमा जम्मा १३.३५ करोड भारु कमायो । समीक्षक र दर्शक दुवैले फिल्मलाई दुत्कारे ।

विद्या आफैंलाई लगातार फिल्महरू फ्लप होलान् भन्ने लागेको थिएन । बलिउडका टप अभिनेताहरूसँग काम गरेपनि विद्याका फिल्मले दर्शकको मन जित्न सकेनन् ।

हुन त उनीसँग अझै दुईतीनवटा फिल्म छन् तर तिनको हालत के हुने हो कसैलाई थाहा छैन ।

सन् २०१३ मा आएको 'घनचक्कर'बाट विद्याको फ्लप सिलसिला शुरु भयो । त्यसपछि 'शादी के साइड इफेक्ट्स', 'बबी जासूस', 'हमारी अधूरी कहानी', 'तीन', 'कहानी दुई' अनि अहिले 'बेगम' जान फ्लप भए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्