
पूर्वयुवराज पारस शाह शनिबार पशुपतिनाथ परिसरमा देखिए। उनी त्यहाँ पशुपतिको दर्शन गर्न नभइ, सरसफाइ अभियानमा सहभागिता जनाउन पुगेका थिए।
सरसफाइको कार्यक्रम आयोजना गरेको थियो, ‘क्लिन काष्ठमण्डप अभियान’ ले।
यो अभियान विगत दुई वर्षदेखि सञ्चालित छ, जसको नेतृत्व गरेका छन्, कैलालीका युवा केपी खनालले।
खनालका अनुसार शनिबार बिहान बिहान पशुपति परिसरमा सरसफाइ गरिएको हो। सो क्रममा पूर्वयुवराज पारसले पनि कुचो समातेर बढारेका थिए। यद्यपि उनी बोेनन्।
आज बिहान पशुपति क्षेत्रमा हाम्रो '' म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ'' '' सके सफाई नसके फोहर नै नगर्ने बानिको बिकास गर्ने भन्ने भाव सहितको सरसफाइ अभियानमा सहभागिता जनाई वातावरण जोगाउन साथ दिनुभएकोमा पुर्व युवराज पारस शाह ज्युलाई हृदय देखि धन्यवाद ! सबै मिलेर सुन्दर नेपाल बनाउ pic.twitter.com/sT6fcKbO4M
— Kp Khanal/केपी खनाल (@kepikhanal1) March 7, 2020