
युरोपेली मुलुकका स्वास्थ्यमन्त्रीहरूले ब्रसेल्समा शनिवार भएको आपतकालीन बैठकमा एकअर्काको कुहिनो ठोकाएर अनि छातीमा हात राखेर अभिवादन गरेका छन् । कोरोनाभाइरसको डर युरोपमा फैलिएपछि परम्परागत हस्तमिलनलाई उनीहरूले त्यागेका हुन् ।
क्रोएसिया, फ्रान्स, ग्रीस र साइप्रसका मन्त्रीहरूले त्यसरी कुहिनो ठोकाएर अभिवादन गरेका हुन् ।
युरोपमा कोरोनाभाइरसका ६ हजार केस आइसकेका छन् भने १६० भन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकामा पनि उपराष्ट्रपति माइक पेन्सले वाशिङटन स्टेटका गभर्नर जे इन्सली तथा अन्य शीर्ष अधिकारीसँग कुहिनो ठोकाएर अभिवादन गरे ।