
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिने नारी शक्ति पुरस्कार आठ वर्षकी बालिकाले अस्वीकार गरेकी छन् ।
वातावरण अभियन्ता लिचप्रिया कंगुजमले आइतवार नारी दिवसमा ह्याशट्याग शीइन्सपायर्स अभियानमा जोडिएकाहरूलाई दिइने सम्मान अस्वीकार गरेकी हुन् ।
शुक्रवार भारत सरकारले ट्विटर मार्फत कंगजुमको कथा शेयर गरेको थियो ।
सरकारले माईगोभइन्डिया ह्यान्डलमार्फत मणिपुरमा बस्ने कंगजुमको परिचय दिँदै उनी वातावरण अभियन्ता भएको र उनलाई विभिन्न पुरस्कार दिइसकिएको लेख्यो ।
सरकारको ट्वीटमा प्रतिक्रिया दिँदै कंगजुमले लेखिन्, ‘तपाईं मेरो आवाज सुन्नुहुन्न भने कृपया मेरो सम्मान नगर्नुस् । ह्याशट्याग शी इन्सपायर्स पहलकदमी अन्तर्गत देशभरि प्रेरणादायी महिलामा मलाई पनि पारेकोमा धन्यवाद । धेरै सोचेपछि मैले यस सम्मानलाई अस्वीकार गरेकी हुँ । जय हिन्द !’

आफ्नो काम मार्फत करोडौं मानिसलाई प्रेरित गर्ने सामाजिक सञ्जाल अभियान ह्याट्याग शीइन्सपायर्सका महिलाहरूको कथाव्यथालाई आजको दिनमा मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट चलाउन दिएका छन् ।