१० साउन २०८३, आइतबार

कोरोना त्रास : इटलीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा, क्वारेन्टाइनबाट भागेमा तीन महिना जेल !

फागुन २५, २०७६
कोरोना त्रास : इटलीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा, क्वारेन्टाइनबाट भागेमा तीन महिना जेल !

कोरोनाभाइरस फैलिएपछि इटलीले एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखेको छ । 

लोम्बार्डी र १४ अन्य प्रान्तमा बस्ने जोकोहीलाई पनि यात्राका लागि विशेष अनुमति लिनुपर्ने भएको छ । मिलान र भेनिस शहर दुवै प्रभावित छन् । 

प्रधानमन्त्री जोसेप्पे कोन्तेले विद्यालयहरू, जिमखानाहरू, संग्रहालयहरू, नाइट क्लबहरू र अन्य सार्वजनिक स्थलहरू बन्द गरिएको घोषणा गरेका छन् । मानिसहरूलाई सकेसम्म घरैमा बस्न भनिएको छ र क्वारेन्टाइनको अवज्ञा गर्नेलाई तीन महिनासम्म जेलमा राखिन पनि सकिनेछ । 

चैत २१ गतेसम्म यो कडा व्यवस्था गरिएको हो । 

युरोप महादेशको कुरा गर्दा इटलीमै सबभन्दा बढी कोरोनाभाइरसका केसहरू देखिएका छन् । शनिवार भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको थियो । 

कठोर क्वारेन्टाइन उपायले इटलीको एक चौथाइ जनसंख्यालाई असर पारेको छ । 

इटलीमा कोरोनाका कारण मर्नेको संख्या २३० नाघेको छ र विगत २४ घन्टामा ३६ भन्दा बढी मानिस मरेका छन् । पुष्टि भएको संक्रमण शनिवार १२ सयबाट बढेर ५ हजार ८ सय ८३ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्