०२ असार २०८३, मंगलबार

कोरोनाले मेलम्चीको काममा बाधा छ कि छैन ? यसो भन्छ आयोजना

फागुन २५, २०७६
कोरोनाले मेलम्चीको काममा बाधा छ कि छैन ? यसो भन्छ आयोजना

काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्‍याएको पाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । 

आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् ।

उनीहरू नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरू त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् ।

उनीहरू केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । उनले भने, 'अहिले त्यहाँ भएका जनशक्ति नियमित रूपमा काम गरिरहेका पाइएको छ ।'

सरकारले आगामी असारसम्ममा काठमाडौंमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए ।

दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् ।

कम्पनीले गत २ महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरू योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्