०३ साउन २०८३, आइतबार

सुँगुरले बिष्टा गरेपछि लाग्यो आगो !

फागुन २५, २०७६
सुँगुरले बिष्टा गरेपछि लाग्यो आगो !

बेलायतको उत्तरी योर्कशायरमा एक सुँगुरले पाइलागणक (पेडोमिटर) निलेर बिस्ट्याएपछि आगो लागेको छ । 

लीड्स नजिकको ब्रामहाममा सुँगुरका चारवटा खोरमा आगो लागेपछि दमकल कर्मचारीहरूलाई बोलाइएको थियो । कुल ७५ वर्गमिटर क्षेत्रमा आगो लागेको थियो । 

पेडोमिटरको ब्याट्री पराल र खोरका अन्य वस्तुको संसर्गमा आएपछि आगो लागेको नर्थ योर्कशायर फायर यान्ड रेस्क्यु सर्भिसले जनाएको छ । 

सुँगुरलाई स्वतन्त्र छोडिएको प्रमाणित गर्न पेडोमिटर उपयोग गरिएको थियो र एउटा सुँगुरको खुट्टाबाट निकालिएको थियो । 

आगलागीमा कुनै पनि जनावरलाई हानि पुगेन । अग्निनियन्त्रकहरूले आगो निभाउन सफलता पाए ।

salt training

कमेन्ट गर्नुहोस्