०२ असार २०८३, मंगलबार

महिला श्रृंगारको बस्तु होइन, हामी पनि बन्न लालायित नहोऔँ: नायिका रेखा थापा

फागुन २५, २०७६
महिला श्रृंगारको बस्तु होइन, हामी पनि बन्न लालायित नहोऔँ: नायिका रेखा थापा
File Photo

नायिका रेखा थापाले आफ्नो अधिकारका लागि महिला आफैं लड्नुपर्ने बताएकी छन्

‘ठूला–ठूला समारोह वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन, अझैपनि नारी उत्पीडन, दुःख र अन्यायमा छन्। हामीले उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्दैनन्,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नायिका थापाले भनिन्।

उनले संसदमा भएका महिला नेतृले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताइन्।

‘महिला श्रृंगारको बस्तु होइन, हामी पनि बस्तु बन्न लालायित नहोऔं,’ उनले भनिन्, ‘अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ। म भन्छु अब महिला बन्नको लागि होइन, आत्मनिर्भर बन्नुपर्छ। हामी सहअस्तित्वमा बाँच्ने कोशिस गरौँ।’  
 


 

salt training

कमेन्ट गर्नुहोस्