
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नेपाल भित्रिन नदिने नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपाल सरकारले कोरोना भाइरस नेपालमा भित्रनै नदिने किसिमले तयारी गरेको आइतवार उनले बताए ।
‘पहिलो प्राथमिकता हाम्रो क्षमताले भ्याएसम्म कोरोना भाइरस नेपालमा पूवेश नै नदिन सावधानी अपनाएका छौं,’ उनले भने,‘कथमकदाचित देखा परिहाल्यो भने उपचारको उचित व्यवस्था गर्छौं ।’
विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको देशका रूपमा राखे पनि नेपालमा कारोना भित्रिइसकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।