
कोरोना भाइरस सक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् ।
पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छाडेको छ भने सेनिटाइजरको पनि चरम अभाव भएको छ ।
कलंकीमा बस्दै आएका सन्देश विष्टले भने,‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै पर्यो ।’
यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्ममिटरको पनि अभाव हुन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मास्क, सेनिटाइवर र थर्ममिटरको कृत्रिम अभाव सिर्जना गर्ने गरी कसैले लुकाउनु अपराध भएको बताए । उनले भने,‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरकारले तीन चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ ।’ राजधानी दैनिकमा खबर छ ।