३१ जेठ २०८३, आइतबार

एकल महिलाको पक्षमा मलाइका

फागुन २६, २०७६
एकल महिलाको पक्षमा मलाइका

आफ्नो डेढ दशक लामो दाम्पत्य सम्बन्ध केही वर्ष अघि मात्र तोडेकी बलिउड अभिनेत्री मलाइका आरोराले विवाहपछि महिलाहरु झन बढी पीडित हुने गरेको बताएकी छिन् । अन्तराष्ट्रिय नारी दिवसको अबसरमा उनले यस्तो विचार आईतबार व्यक्त गरेकी हुन् । उनले भनेकी छिन्,‘विवाह भएका महिलाहरुको मुस्कान देखेर उनीहरु खुसी छन भन्ने नठान्नु होला । हुन त विवाह नभएका महिलाहरु पनि खुसी छैनन् ।’ नारीहरु विभिन्न पक्षबाट पीडित रहने गरेको यी अभिनेत्रीले बताएकी छन् ।

तथापि दमित रहेर विवाहिब जीवन बिताउनु भन्दा एकल बस्नु उचित भएको उनले बताएकी छिन् । आफुले दाम्पत्य सम्बन्ध विच्छेद गर्नुको कारण पनि यही नै भएको उनको जिकिर छ । नारीहरुको बास्तविक खुसीबारे मलाइकाले भनेकी छिन्,‘ती महिला मात्र सबैभन्दा बढी खुसी हुन्, जसले आफु र आफ्नो अधिकारलाई बुझेका छन् । जसले आफ्नो पीडादायी बिगतबाट बाहिर निक्लेर स्वन्त्रतापूर्वक काम र प्रगति गर्न सकेका छन् ।’ उनीहरु बढी खुसी रहेको पनि यी अभिनेत्रले बताएकी छिन् ।

नारीहरु कुनै पनि प्रकारको शिकार हुनु नहुने यी अभिनेत्रीको कथन छ । यस्ता शिकार बिरुद्ध महिला आफैं । रक्षक भएर उत्रनु पर्ने र लाचार भएर हिँसा सहनु नहुने अभिनेत्री मलाइकाको कथन छ । नारीहरु अघि बढ्न आफ्नो आँशु पुछेर आफुलाई निडर रुपमा प्रस्तुत गर्न सक्नु पर्छ र आफुले त्यसै गरेको पनि यी अभिनेत्रीले बताएकी छिन् । नारीहरु कसरी खुसी रहने भन्ने कुरा आफ्नै हातमा रहेको पनि मलाइकाको कथन छ ।

पछिल्लो समय अभिनेता अर्जुन कपुरसँग प्रेम सम्बन्धमा रहेकी यी अभिनेत्रीले नारीले आफुले चाहेको पुरुषसँग प्रेम गर्न पाउनु पर्छ । तर प्रेममा पुरुषले पनि त्यत्तिकै सम्मान गर्नु पर्छ । दुबैले एक अर्कालाई सम्मान गरेको खन्डमा मात्र त्यो प्रेम सार्थक हुन्छ भनेकी छिन् ।

नारी ससक्तिकरणबारे उनले भनेकी छिन्,‘ससक्त नारी त्यो हो, जसले हिजोलाई बिर्सेर आजलाई चिनेको छ र आज सोही अनुसार अघि बढ्न सकेको छ । अरुसँग निभर्र नभएर आफैं अघि बढ्ने महिला नै खुसी रहने गरेको छन् । म ती नरीहरुलाई अन्तराष्ट्रिय नारी दिवसको शुभकामना दिन्छु जो आफनो जिन्दगीको मालिक आफैं हुन र आफैंले अघि बढेर प्रगति गर्न सकेका छन् ।’ यी अभिनेत्रीले आफु पनि यही मार्गमा रहेकाले आफैंलाई पनि नारी दिवसको शुभकामना दिएकी छिन् ।

अभिनेत्री मलाइकाले सम्बन्ध बिच्छेद गर्दा कुनै पनि नारी खुसी नहुने बताएकी छिन् । नारीले आफ्नो स्वतन्त्रता, प्रतिष्ठाको लागि सम्बन्ध बिच्छेद गर्न बाध्य हुनु परेको प्रतिक्रिया दिएकी छिन् । सम्बन्ध बिच्छेद गरेका नारीलाई जहिले पनि समाजलाई नकरात्मक दृष्टिकोणले हेर्ने गरेको यी अभिनेत्रीको गुनासो छ,‘के नारीले आफ्नो स्वतन्त्रता खोज्नु गलत हो । सँधै दमित भएर जीवन बिताउन नसकेपछि स्वतन्त्रता खोज्ने क्रममा बाँच्नका लागि सम्बन्ध बिच्छेद गर्छन भने त्यसलाई नकरात्मक रुपमा हेरिनु हुँदैन ।’ यी अभिनेत्रीले भनेकी छिन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्