०७ असार २०८३, आइतबार

मोटोपन घटाउन यसो गर्नुस्

फागुन २६, २०७६
मोटोपन घटाउन यसो गर्नुस्

 स्लिम बन्ने निहुँमा अधिकांशले डाइटिङ गर्छन् । तर, शारीरिक विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति पनि नहुन सक्छ । यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । त्यसैले, स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ । 

 शरीरलाई आवश्यक तत्व पुग्ने हिसाबले बिहानको खाना खानुपर्छ । यसमा सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार हुनु आवश्यक छ ।

 एकैपटक धेरै खाना खानुहुँदैन, थोरै–थोरै खाइरहनुपर्छ । एक दिनमा कम्तीमा पनि चारपटक खानुपर्छ । 

 खाजामा गेडागुडी, फलफूल, तरकारी र फाइबर भएका खानेकुरा र जुस समावेश गर्नुपर्छ । 

 बेलुकाको खाना सकेसम्म कम र चाँडो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन । 

 बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि नै उठ्दा स्वास्थ्यमा धेरै फाइदा मिल्छ ।

 उस्तै पोजिसन र एकै ठाउँमा लामो समयसम्म बस्नुहुँदैन । स–साना काम गरिहनुपर्छ । यसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ । 

 बिहानको समयमा हलुका व्यायाम गर्न सकिन्छ । 

 तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन । यसरी जथाभावी व्यायाम गरेमा त्यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ । तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । 

 फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा सकभर खानुहुँदैन, खानैपरे कम मात्र लिनुपर्छ । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्