२३ असार २०८३, मंगलबार

प्रत्येक १०० वर्षमा आउँछ महामारी !

फागुन २६, २०७६
प्रत्येक १०० वर्षमा आउँछ महामारी !

संसारमा अहिले कोरोनाभाइरसको महामारी फैलिँदै गएको छ । प्रत्येक १०० वर्षमा संसारभरि कुनै न कुनै महामारी फैलिएर मानिसहरूले ज्यान गुमाउने गरेका छन् । 

मानिसहरूले नयाँ नयाँ महामारीको औषधि खोज्नु परिरहेको हुन्छ । 

सन् १७२० मा फ्रान्सको मार्से शहरमा फैलिएको ब्युबोनिक प्लेगले लगभग एक लाखजनाको ज्यान लिएको थियो । प्लेग फैलिएको केही महिनामै ५० हजारजना मारिएका थिए । बाँकी ५० हजार अर्को दुई वर्षमा मारिए । 

त्यसको ठीक सय वर्षपछि सन् १८२० मा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्समा फैलिएको थियो । इन्डोनेसियाको जाभामा मात्र हैजाका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । 

अनि सन् १९२० मा आएको स्पेनिस फ्लुले संसारभरि ५० करोड मानिसलाई संक्रमित बनाएको थियो । त्यसले संसारभरि १० करोड मानिसलाई मारेको बताइन्छ । मानव इतिहासमा सबभन्दा खतरनाक महामारी त्यही मानिन्छ । 

अहिले २०२० मा चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसले ३८ सय ३१ जनाको ज्यान लिइसकेको छ । कुल १ लाख १० हजार ९२ जना संक्रमित भएका छन् तर ६२ हजार ३०२ जना निको पनि भइसकेका छन् । 

कोभिड–१९ को बारेमा अझै अध्ययन चलिरहेको छ । केही वैज्ञानिकहरूले सन् २०२० भरि संक्रमण देखिइरहने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्