२८ जेठ २०८३, बिहीबार

ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

फागुन २६, २०७६
ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । 

उद्धारकर्मीहरूका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरू वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । 

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्