१० साउन २०८३, आइतबार

किन मच्चियो कोरोनाभाइरसको कहर ?

फागुन २६, २०७६
किन मच्चियो कोरोनाभाइरसको कहर ?

संसारभरि लाखौं मानिसलाई तर्साइरहेको कोरोनाभाइरस नयाँ पनि हैन, अद्वितीय पनि हैन । कोरोनाभाइरसको ठूलो परिवारमा रहेका अनेकौं भाइरसहरू मानिससँग लामो समयदेखि बसिरहेका छन् र कुनै समस्या दिएका छैनन् । 

‘कम्तीमा ४० वटा कोरोनाभाइरसका बारेमा हामीलाई थाहा छ,’ माइकल फाभरोभले भने । उनी विश्वप्रसिद्ध संक्रामक रोगविशेषज्ञ हुन् र अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन विज्ञ पनि हुन् । 

तीमध्ये दर्जनौं भाइरस मानिसमा सर्न सक्छन् र अधिकांशले न्यूनतम मात्र लक्षण देखाउँछन् तथा कुनै जोखिममा पार्दैनन् किनकि उनीहरू मानव शरीरमा अनुकूलन भइसकेका हुन्छन् र मानिसहरूले रोगप्रतिरोधक क्षमता विकास गरिसकेका हुन्छन्, उनले भने । 

‘भाइरसको एक्सपोजर कति मात्रामा भएको हो भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने । ‘दैनिक जीवनमा हामीहरू प्रायः उल्लेख्य मात्रामा भाइरसको सम्पर्कमा आउँदैनौं,’ उनले भने । 

स्वास्थ्यकर्मीहरूमा कोरोनाभाइरसको संक्रमण अन्यमा भन्दा बढी पुष्टि भएको छ, उनले बताए । उनीहरू विभिन्न रोगको सम्पर्कमा नियमित रूपमा आइरहेका हुन्छन् । ‘त्यसैले स्वास्थ्यकर्मीहरू बेग्लै जोखिम समूहमा पर्छन् ।’

‘तपाईंलाई कुन ठाउँमा जाँदा भाइरस लाग्यो भन्ने कुरामा सबथोक निर्भर रहन्छ,’ फाभरोभ व्याख्या गर्छन् । कोरोनाभाइरसको मृत्युदर विभिन्न देशमा फरक फरक हुन्छन् । ‘दक्षिण कोरियामा यो ०.५ प्रतिशत छ भने इटलीमा यो लगभग ३ प्रतिशत छ । यसको अर्थ हुन्छ, कोरोनाको पहिलो संक्रमित व्यक्ति अर्थात् पेसेन्ट जिरोले चीनमा भाइरसको संक्रमण खेप्यो जुन भाइरस मानवमा अनुकूलन भइसकेको थिएन ।’

युरोपीयन सेन्टर फर डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनले उपलब्ध गराएको आँकडाअनुसार, कोरोनाभाइरसको मृत्युदर इटलीमा लगभग ३.९ प्रतिशत छ जुन चीनको भन्दा अलिकति बढी हो । चीनमा मृत्युदर ३.८ प्रतिशत छ । यस्तो आँकडाले युरोपलाई चिन्ता दिलाउन सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्