![युएईमा २ नेपालीमा कोरोना भाइरस देखियो [स्वास्थ्य मन्त्रालयको विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/corona_dNk9NiDrM6.jpg)
संयुक्त अरब इमिरेट्स (युएई)मा दुई जना नेपाली कामदारमा कोरोना भनिने कोभिड१९ भाइरसको संक्रमण देखिएको छ ।
युएईको स्वास्थ्य मन्त्रालयले सोमवार १४ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा ४ जना स्थानीय, ३ इटालीयन नागरिक, २ बंगलादेशी नागरिक, २ नेपाली नागरिक, १ रसियन नागरिक, १ भारतीय र १ सिरियन नागरिकमा कोरोना भेटिएको बताइएको छ ।
यससँगै युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
हेर्नुहोस् विज्ञप्ति -


