
प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। यी धनुषा र पर्साका घटना हुन्।
प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका रामपुरटोलबाट अवैध लागूऔषध गाँजासहित सहनदिन मियाँ पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले मियाँलाई करिब ५ केजी गाँजासहित पक्राउ गरेको हो।
त्यस्तै, धनुषाको सबैला नगरपालिका १० अमरखाना चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा धनुषाधामका रामभगत कापड र सोही ठाउँका सरोज थापा रहेका छन्। अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नाईट्राभेट ३ सय ट्याबलेट, नाईट्रोसन १ सय ट्याबलेट र स्पासमो प्रोक्सिभन ८० ट्याबलेट समेत बरामद गरेको जनाएको छ।