२३ असार २०८३, मंगलबार

कांग्रेसले भजनीका मेयरलाई भन्यो-उपभोक्ता समितिले कमिसनमा ठेक्का विक्री गर्‍याे, यी हुन् ११ बुँदे माग

फागुन २६, २०७६
कांग्रेसले भजनीका मेयरलाई भन्यो-उपभोक्ता समितिले कमिसनमा ठेक्का विक्री गर्‍याे, यी हुन् ११ बुँदे माग
मेयर शेरबहादुर चाैधरीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस नेताहरु। तस्बिर: जयबहादुर बुढाको फेसबुकबाट।

नेपाली कांग्रेसले कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। 

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष वित्दा पनि नागरिकले ‘स्थानीय सरकारको अनूभुति गर्न नपाएको’ भन्दै कांग्रेस भजनीले मेयरलाई चेतावनीसहितको ज्ञापनपत्र बुझाएको हो। भजनीमा मेयर र उपमेयर नेकपाबाट निर्वाचित हुन्। 

कांग्रेसबाट भजनी नगरका छायाँ सरकार प्रमुख वीरबहादुर हमाल र कांग्रेस नगरसभापति टेकराज न्यौपानले ज्ञापनपत्र बुझाउँदै विद्यालयमा राजनीति नगर्न चेतावनी दिएका हुन्।

त्यस्तै, विकास निर्माणमा समेत लापरवाही भएको कांग्रेसको आरोप छ। ज्ञापन पत्रमा भनिएको छ, ‘निर्माण उपभोक्ता समिति एकलौटी ढंगबाट चयन गरिएको छ। समितिले आफूले काम नगरी कमिसन लिएर ठेक्का विक्री गर्ने गरेको र काम सम्पन्न भएपछि सार्वजनिक सुनुवाइ नगरी रकम निकासा हुने गरेको छ।’

कांग्रेसले भजनीमाखानेपानीको व्यवस्था गर्नुपर्नेमा  वेवास्था गरेको, विद्यालय व्यवस्थापन समितिले नियमविपरीत कार्यकर्ता भर्ती केन्द्र बनाएको,छाडा पशुचौपायाको नियन्त्रण नभएको, कान्द्रा नदीमा पुल निर्माणको काम सुस्त भएको र नगरपालिकामा आफू अनुकुलका कर्मचारी भर्ना गरेको आरोप लगाएको छ।

salt training

कमेन्ट गर्नुहोस्