११ असार २०८३, बिहीबार

वकिलको घरबाट साढे १० लाख चोरेको आरोपमा बालक पक्राउ

फागुन २६, २०७६
वकिलको घरबाट साढे १० लाख चोरेको आरोपमा बालक पक्राउ

सुर्खेत प्रहरीले एक बालकलाई चोरी आरोपमा पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट  १० लाख ५० हजार चोरेको आरोपमा प्रहरीले सोमबत्रार ती नाबालकलाई नियन्त्रणमा लिएको हो। 

घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ। 

प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शंकास्पद बालकलाई गिरफ्तार गरिएको बताए। उनका अनुसार नाबालकको साथबाट १ लाख २० हजार बरामद भइसको छ।  

salt training

कमेन्ट गर्नुहोस्