०४ साउन २०८३, सोमबार

उपत्यकामा होली: २० दुर्घटना, २ हजार सवारी चालक कारबाहीमा

फागुन २६, २०७६
उपत्यकामा होली:  २० दुर्घटना, २ हजार सवारी चालक कारबाहीमा

 होली पर्वमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ४५ दुईपाङ्ग्रे र २ सय ९६ वटा चारपाङ्ग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए।

बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित ट्राफिक कार्यालयले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेको, त्यस्तै १४ वटा मोबाइल भ्यानबाट मोबाइल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए।

काठमाडौं उपत्यकामा सोमबार २० वटा सवारी दुर्घटना भएका छन्। जसमा दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी बाहेक होलीमा थप ५ सय ६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्