१७ असार २०८३, बुधबार

चितुवाको छालासहित पक्राउ

फागुन २६, २०७६
चितुवाको छालासहित पक्राउ

ताप्लेजुङ प्रहरीले चितुवा र थारको छालासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका तोलवीर लिम्बु रहेका छन्। घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो। सोही क्रममा उक्त छाला फेला परेको हो। तीन थान छालासहित लिम्बूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारवाहीका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्