
धनुषाका रितेश मण्डल सोमवार बिहान ८ बजे कतार जान त्रिभुवन विमानस्थल पुगेका थिए ।
सात वर्षदेखि कतारमा काम गर्दै आइरहेका उनी एक महिने बिदा सकेर फर्कंदै थिए । तर उनलाई कतार एयरवेजले ‘चेक इन’ दिएन ।
टिकट काउन्टरले हमाद विमानस्थल ट्रान्जिट भएर अन्य मुलुकमा जाने यात्रुको ‘चेक इन’ गरे पनि कतारमै प्रवेश गर्नेलाई भने होल्ड गरिएको थियो ।
नेपालस्थित कतार एयरवेजले दोहाबाट चेक इन गर्ने कि नगर्ने भन्दै आदेश पर्खिरहेको थियो ।
अन्ततः हेडक्वाटरबाट आदेश आयो,‘अर्को सूचना जारी नभएसम्म कतारमा प्रवेश गर्ने कुनै यात्रुलाई चेक इन नगर्नु ।’
झण्डै आधा सिट खाली गरेर ११ः२५ बजे कतार एयरवेज दोहा उड्यो । मण्डल भने उड्न पाएनन् । कान्तिपुर दैनिकमा खबर छ ।