
हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
विदेशमा रहेका ३ र विदेशबाट नेपाल भित्रिएका १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यूएईमा रहेका २, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका १ नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् ।
यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले सोमवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २ नेपालीलसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो । राजधानी दैनिकमा खबर छ ।