मुम्बई – भारतीय चलचित्र ‘बाहुबली २’ को रिलिज मिति नजिकिँदै छ । भारतको कर्नाटक राज्यमा भने एक समूहले फिल्म चल्ने नदिने चेतावनी दिएका छन् । फिल्म चल्न नदिनको कारण कटप्पाले गरेको एक विवादास्पद भनाइले फिल्म चल्न नदिने जनाएका थिए ।

‘बाहुबली २’ को टिमले कर्नाटकका फिल्म चेम्बरका अध्यक्षसँग कुरा पनि गरेका थिए । तर कुरा मिलेन । निर्देशक राजमौलीले पनि मनाउन खोजिरहेका छन् ।
उनीहरुले भनेका छन्, हामीले तलेगु फिल्मको विरोध नगरेर सत्यराजले कर्नाटकवासीको विरोधमा बोलेकाले विरोध गरेको जनाएका छन् ।
बाहुबली २ मा कटप्पाको भूमिका निभाएका सत्यराजले माफी मागेमा चलचित्र चल्न दिने पनि उनीहरुले बताएका छन् ।