
भारतीयहरूले होलीमा कोभिड–१९ भाइरसको विशाल मूर्ति बनाएर त्यसमा आगो लगाएका छन् ।
सोमवार मुम्बईमा भेला भएर उनीहरूले कोरोनासुर नाम दिइएको मूर्तिमा आगो लगाएका हुन् । होलिका दहनलाई आधुनिक रूप दिँदै उनीहरूले कोरोनासुरको मूर्ति डढाएका हुन् । आगो लगाएको केही समयमै मूर्ति पूरै डढेको थियो र त्यो देखेपछि भीड रमाएको थियो ।
भारतमा कोरोनाका ४५ वटा केस देखिएका छन् र गत साता मात्र अनेकौं राज्यले संक्रमणको खबर दिएका थिए । त्यसपछि भाइरसको संक्रमण रोक्नका लागि अधिकारीहरूले विभिन्न उपाय थालेका छन् ।
केन्द्रीय सरकारले इटली, इरान, दक्षिण कोरिया र जापानबाट आउने यात्रुलाई ईभिसा दिन अस्वीकार गरेको छ । केन्द्रीय सशस्त्र प्रहरी बलले पनि क्वारेन्टाइन आवश्यक हुने अस्पतालका लागि भवन तयार पारिरहेको छ । त्यसमा ५४ सय शय्या उपलब्ध हुने अपेक्षा छ ।
अन्य संघीय निकायहरूले थप ७५ आइसोलेसन वार्ड बनाउने इन्डिया टुडेले लेखेको छ ।
#WATCH Mumbai: An effigy based on the theme of #CoronaVirus that was put up in Worli was burned as a part of Holika Dahan, a ritual that takes on the eve of #Holi festival. (09.03.2020) pic.twitter.com/1qUKvl1erd
— ANI (@ANI) March 9, 2020