१९ असार २०८३, शुक्रबार

कोरोना त्रास : बहसमा जित्न नसकेपछि खोकेर तर्साउन थालियो (भिडियो)

फागुन २७, २०७६
कोरोना त्रास : बहसमा जित्न नसकेपछि खोकेर तर्साउन थालियो (भिडियो)

कोरोनाभाइरस फैलिएसँगै तनाव बढिरहेको छ र मानिसहरू सामान किनेर थुपार्न थालेका छन् । अनि कार्यक्रमहरू धमाधम रद्द गरिन थालेका छन् र सेल्फ आइसोलेसन तथा क्वारेन्टाइन देखिन थालेको छ । 

यस्तो बेलामा मानिसहरूले अरूतिर फर्केर खोक्दै कोरोनालाई हतियार बनाउन थालेका छन् । 

खोक्दा वा हाच्छ्युँ गर्दा नाकमुख छोप्न मानिसहरूलाई अधिकारीहरूले सल्लाह दिने गरेका छन् अनि दिनभरि पटकपटक हात धुन पनि भनेका छन् । तर संसारभरिका भिडियोमा केही मानिसले बहसमा जित्नका लागि खोकीलाई हतियार बनाउन थालेको देखिन्छ । 

एक भिडियोमा अराजक यात्रुले थाइ एयरवेजबाट निस्कनका लागि विमान कर्मचारीतिर फर्केर जानीजानी खोकेको देखिन्छ । 

विमान शांघाईको पुदोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो तर यात्रुहरूलाई धावनमार्गमै सात घन्टासम्म विमानमा राखिएको थियो । कोरोनाभाइरसको स्क्रीनिङ चल्दै गर्दा यात्रुहरूले लामो समय कुर्नुपरेको थियो । लामो समय कुर्नुपर्दा महिला छटपटाइन् र बहस गर्न थालिन् । पछि विमानबाट छिटो निकालून् भनेर उनले कर्मचारीतिर फर्केर खोकिन् । 

पछि चाहिँ महिला शान्त भइन् र कोरोनाभाइरसको स्क्रीनिङका लागि तयार भइन् । 

उता अस्ट्रेलियाको सिड्नीमा सोमवार एक ट्रेनमा दुई यात्रुहरूले बेस्सरी झैझगडा गरे । एकले अर्कोलाई खोक्दाखेरी मुख छोप्न लगाउँदा झगडा परेको थियो । 

खोक्ने यात्रुले खोकेको अवधिभर मुख बन्दै राखेको भनी दाबी गरिन् । 

उनीहरूबीच बाझाबाझ भएपछि महिलाले जानाजान पुरुषतिर फर्केर खोकेको भिडियो खिचियो । त्यसपछि उनले महिलाको तस्वीर लिए अनि सार्वजनिक स्थानमा खोक्ने र हाच्छ्युँ गर्ने सम्बन्धमा सरकारले दिएको सल्लाहका बारेमा सचेत गराए । 

अलि अघि चाहिँ वुहानमा एकजना महिलाले छिमेकीहरूको ढोकाको ताल्चामा खोकेर थुकेको भिडियो कैद भएको छ । त्यतिखेर अपार्टमेन्ट कम्प्लेक्समा कोरोनाभाइरस लागेका दर्जनौं मानिस सेल्फ आइसोलेसनमा बसिरहेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान थालेको छ तर ती महिला साँच्चिकै संक्रमित थिइन् कि थिइनन् र उनलाई के कारणले यस्तो घिनलाग्दो काम गर्न मन लाग्यो भन्ने कुरा स्पष्ट भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्