०४ असार २०८३, बिहीबार

कोरोना फैलिएसँगै चीनमा चालकविहीन सवारीसाधनको माग बढ्यो (भिडियो)

फागुन २७, २०७६
कोरोना फैलिएसँगै चीनमा चालकविहीन सवारीसाधनको माग बढ्यो (भिडियो)

कोरोनाभाइरसले चीनका धेरै कम्पनीहरूलाई गाह्रो पारेको भए पनि एउटा कुरा चाहिँ खुबै बिकिरहेको छ । 

चालकविहीन डेलिभरी सर्भिस नियोलिक्सको माग ह्वात्तै बढेको छ किनकि यसले शरीरको सम्पर्कलाई घटाउँछ र क्वारेन्टाइनका कारण मजदूरको कमीलाई पनि पूरा गर्छ । 

स्वचालित भ्यानहरूले औषधि पुर्‍याउने, सडकमा संक्रामक नाशक रसायन छर्ने र मानिसहरूलाई खाना पुर्‍याउने काम गर्छन् । 

नियोलिक्सले विगत दुई महिनामा २०० भन्दा बढी गाडीको माग आएको जनाएको छ । 

साना भ्यानहरू खासमा चारपांग्रे रोबोट हुन् र भण्डारणका लागि तिनमा ट्रंक राखिएका छन् । कुनै पनि मानवीय चालक विना नै उनीहरू आफ्नो वरिपरिको सडक पार गर्छन् । 

चीनले कोरोनाभाइरस फैलनुअघि यस्ता वाहनमा कडीकडाउ गरेको थियो तर अहिले सडकहरू खाली रहेकाले अनि सडक सुरक्षाको जोखिम कम भएकाले त्यसलाई खुकुलो बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्