०६ असार २०८३, शनिबार

कोरोना भाग् भाग् भन्दै भारतीय महिलाहरूले गाए गीत (भिडियो)

फागुन २७, २०७६
कोरोना भाग् भाग् भन्दै भारतीय महिलाहरूले गाए गीत (भिडियो)

संसारभरि कोरोनाभाइरसका कारण मर्नेहरूको संख्या ३८ सय नाघिसकेको छ । 

यस भाइरसबाट बच्नका लागि सचेतना फैलाउन भारतीय महिलाहरूले नयाँ लोकगीत बनाएर कोरोनाभाइरस देशबाट भाग् भाग् भनेका छन् । 

अहिले भाइरल बनिरहेको भिडियोमा राजस्थानका महिलाहरूले गाएको सुनिन्छ, ‘कोरोना भाग् भाग्, भारतमा तेरो केही काम छैन’ ।

भारतमा ५० भन्दा बढी मानिसमा कोरोनाभाइरस देखिएको छ । 

केन्द्र सरकारले अर्धसैनिक बलहरूलाई ५ हजारभन्दा बढी मानिसका लागि आइसोलेसन फेसिलिटी बनाउन आदेश दिएको छ । इन्डियन रेलवेजले पनि देशभरिका ९१ अस्पतालमा दुई हजार आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्