०१ असार २०८३, सोमबार

करीनाको बच्चाको नाम 'तैमूर' राख्दा हंगामा, आखिर को थिए 'तैमूर' ?

कात्तिक २०, २०७४
करीनाको बच्चाको नाम 'तैमूर' राख्दा हंगामा, आखिर को थिए 'तैमूर' ?
नयाँ दिल्ली,६ पुस– करीनाको बच्चाको नाम तैमूर अली खान राखिएपछि बच्चाको नाम सच्चाउने पर्ने भन्दै सामाजिक सञ्जालमा उक्त नामप्रति धेरैले आपत्ति जनाएका छन् ।

तैमूर अरबी भाषाको शब्द हो । जसको मतलब हुन्छ ‘फलाम’ । यस नामको पछाडि इतिहासको पूरै अध्याय छ ।
तैमूर संसारकै एक क्रुर मुगल शासकका रुपमा चिनिन्छन् । पहिलो मुगल शासक बाबर तैमूर लंगका वंशज थिए ।

‘स्वाँर्ड अफ इस्लाम’
तैमूरलंगको जन्म सन १३३६मा ट्रान्सोजियानामा भएको थियो । अहिले उक्त ठाउँ उजबेकिस्तान नामले चिनिन्छ । उनी ‘स्वाँर्ड अफ इस्लाम’ नामले चिनिन्छन । उनी एक मंगोल शासक थिए ।

सिकन्दर बन्ने लक्ष्य
तैमूर मंगोल विजेता चंगेज खाँ विश्व जित्न चाहन्थे । चंगेज खाँले मंगोलियाबाट आएर आधा यूरेशियामा कब्जा गरेका थिए ।

तैमूर पनि त्यही समयमा आफ्नो शासन कायम गर्न चाहन्थे । उनी सिकन्दरले जस्तै विश्व जित्ने लक्ष्य राख्दथे ।

मंगोल समुदायलाई बनाए मुसलमान
तैमूरले मंगोल क्षेत्रमा बसोबास गर्ने मानिसलाई इस्लाम धर्म कबूल गर्न लगाएका थिए । आफ्नो सेना प्रमुखको माध्यमबाट तैमूरमाथि १७ मिलियन मानिसको हत्या गरेको आरोप छ ।

अपांग थिए तैमूर
तैमूर शारीरिक रुपमा अपांग भएपछि एक क्रुर शासक थिए । तैमूर लंगको साम्राज्य वेस्टर्न एशियादेखि सेन्ट्रल एशिया हुँदै भारतसम्म फैलिएको थियो । तैमूरले आफ्नो सेना मार्फत मानवहत्याको श्रृखला चलाएका थिए । तैमूरको सेनाले पुरुषजतिको हत्या गर्थे भने महिला र बालबालिकालाई बन्दी बनाउथे ।

शुरु भयो तैमूरको आतंक
सन १३६९ मा समरकन्दका मंगोल शासकको मृत्युपश्चात तैमूरले उक्त गद्दी हात पारेका थिए । र, सबैतिर आतंक मच्चाउन थाले । भनिन्छ तैमूरले चंगेज खाँ जस्तै आफ्नो विशाल सेनाको मार्फत क्रुरता प्रदर्शन गर्न शुरु गरेका थिए ।

अफगानिस्तान देखि बगदादसम्म तैमूर
सन १३८० देखि सन १३८७ को बीचमा तैमूरले खुरासान , सीस्तान, अफगानिस्तान , अजरबैजान,फारस र कुर्दीस्तानमा आक्रमण गरेर त्यहाँका शासकलाई आफ्नो गुलाम बनाएका थिए । सन १३९३ मा उनले बगदाददेखि मेसोपोटामियासम्म आफ्नो शासन कायम राखेका थिए ।

तुगलकलाई हैरान बनाउने तैमूर
सन १३९८ को शुरुवातमा तैमूरले आफ्नो नाति पीर मोहम्मदसँग मिलेर भारतमा हमला गर्ने तयारी गरेका थिए ।
यसको लागि उनले मुल्तानमा बसे । त्यसको छ महिनापछि उनले मुल्तानमा पनि कब्जा जमाएका थिए । सन १३९८ मा उनी सिन्धु,झेलम तथा रावी नदी पार गरेर भारत आइपुगेका थिए ।

पानीपतमा हमला
धेरै ठाउँमा मानिसको हत्यापछि तैमूर सन १३९८ को डिसेम्बर भन्दा पहिला दिल्लीको नजिक पुगेका थिए । उनीमाथि एक लाख हिन्दू समुदायको हत्या गराएको आरोप छ । पानीपतका तुगलक सुल्तान महमूदले तैमूरसँग नराम्रोसँग पराजित भएका थिए ।

पाँचदिनसम्म दिल्लीमा लुट
तैमूर दिल्लीमा पसेर पाँचदिनसम्म लुटेका थिए । उनले आफ्नो साथमा बालक, महिला र कालिगढहरुलाई पनि लगेका थिए । उनले साथमा लगेका कालिगढलाई समरकन्दमा जामा मस्जिद बनाउन दिएका थिए । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्