३२ असार २०८३, बिहीबार

हुलाकी राजमार्गको ४८ प्रतिशत निर्माण सम्पन्न

फागुन २७, २०७६
हुलाकी राजमार्गको ४८ प्रतिशत निर्माण सम्पन्न

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ ।

आयोजनामा नेपाली कम्पनी मात्रै कार्यरत रहेकाले नियमितरुपमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म झण्डै ४८ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनामा बाँकी निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा सडक र पुल गरी १३५ ठेक्का सम्झौता भएका छन् । ती ठेक्का र गत वर्षमा भएका ठेक्कामा अहिलेसम्म असर पुगेको जानकारी नआएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

उनले भने, 'आयोजनामा केही भारतीय कामदार बाहेक नेपाली कम्पनी र नेपाली कामदार भएकाले पनि अहिलेसम्म असर नपुगेको पाइन्छ ।'

राजमार्गमा हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । राजमार्गको लम्बाइ ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डास्मित (ग्राभेल) तथा ९२ पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

चालू आवमा अहिलेसम्म ९७ किमी कालोपत्र, ४२ किमी खण्डास्मित र पाँच पुल सम्पन्न भएको छ ।

बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको आयोजना प्रमुख बिसुरालले जानकारी दिए ।

तराईका धेरै जिल्लामा आयोजनाअन्तर्गतका सडक प्रयोगमा आइसकेका छन् । तराईका भित्री बस्ती जोड्ने यो आयोजनाअन्तर्गत अधिकांश स्थानमा नयाँ साधारण मार्ग खोल्नेभन्दा भइरहेकै राजमार्गका रूपमा स्तरोन्नतिको काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्