
अस्ट्रेलियाको गोपनियता नियामक निकायले फेसबुकविरुद्ध मुद्दा दायर गरेको छ।
तीन लाखभन्दा धेरैको निजी सूचना व्यक्तिको अनुमति बिना राजनीतिक सलाहकार कम्पनी क्याब्रिज एनालिटिकालाई दिएको आरोपमा मुद्दा दायर गरिएको हो।
अस्ट्रेलियाका सूचना आयुक्त एन्जेलिन फकले संघीय अदालतमा फेसबुकविरुद्ध मुद्दा दायर गर्दै गोपनियता कानुन तोडेको आरोप लगाएका हुन्। ‘दिस इज योर डिजिटल लाइफ’ बाट आफ्नो वेबसाइटमा ३ लाख ११ हजार १ सय २७ प्रयोगकर्ताको जानकारी फेसबुकले खुलासा दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार गोपनियता कानुनको प्रत्येक उल्लंघनमा अधिकतम १.१ मिलियन डलर जरिवाना हुनसक्छ।