०७ असार २०८३, आइतबार

आयोडिनयुक्त नुनको मौज्दात पर्याप्त

फागुन २८, २०७६
आयोडिनयुक्त नुनको मौज्दात पर्याप्त

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुन अभाव नहुने बताएको छ ।

नुन बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले जस्तोकुकै विपत आइपरे पनि नुनको अभाव नहुने प्रस्त पारेको छ ।

भूकम्प, नाकाबन्दीमा समेत नुनको अभाव हुन नदिएको र अहिले पनि दस महिनालाई पुग्ने नुन रहेको भन्दै साल्ट ट्रेडिङले तोकिएकै मूल्यमा नेपाल भर पाउन सकिने जनाएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले करिब एक लाख ३२ हजार टन आयोडिनयुक्त नुन गोदाममा, २२  टन  मार्गमा गरी एकलाख ५५ हजार टन नुन मौज्दात रहेको जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्