०६ असार २०८३, शनिबार

सामसङको ग्यालेक्सी ए७१ र ग्यालेक्सी ए५१ बजारमा

फागुन २८, २०७६
सामसङको ग्यालेक्सी ए७१ र ग्यालेक्सी ए५१ बजारमा

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । आप्mनो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ ।
बजारमा ग्यालेक्सी ए७१ को मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ तथा ए५१ को मूल्य ३८ हजार ३ सय ९९ रुपियाँ पर्नेछ ।

ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरू रहेका छन् । यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी–ओ डिस्प्ले रहेका छन् । 

उत्कृष्ट क्यामरा 
ग्यालेक्सी ए७१ तथा ए५१मा जीवनका अविस्मरणीय क्षणहरुलाई सहजै कैद गर्नको लागि उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी ए७१ तथा ए५१ मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ ।  ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । 

यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।

उच्च–गुणस्तरीय भिडियो रेकर्डिङ्ग
हरेक साहासिक क्षणहरुलाई सहजै भिडियोका रुपमा कैद गर्ने क्षमता यसमा रहेको छ । सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिन्छ । 

अनइन्टरेप्टेड भिज्युअल डिस्प्ले
ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१मा सुपर अमोलेड प्लस तथा सुपर अमोलेड प्लस एज टु एज इन्फिनिटी ओ डिस्प्ले रहेको छ । ६.७ इन्च तथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्दछ – सासमसङको हालसम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्ने छ । 

ज्यादा टिकाऊ व्याट्री
ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१मा क्रमशः ४ हजार ५ सय एमएएच तथा ४ हजार एमएएचको ब्याट्रि राखिएको छ  । साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिन्छ । 
ए५१ र ए७१ प्रिज्म क्रस ब्लाक, ह्वाइट तथा ब्ल्यू रंगको पेस्टल शेडहरूमा आउँदछ ।

salt training

कमेन्ट गर्नुहोस्