२३ असार २०८३, मंगलबार

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

फागुन २८, २०७६
पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बुधवार बिहान बम विष्फोट भएको छ ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ भने झ्यालका सिसाहरू पनि फुटेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी  श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार विस्फोटका कारण छिमेकीको घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ ।  बाँस्कोटाका छिमेकीद्वय कुवेर केसी र कपिल घिमिरेको घरमा क्षति पुगेको हो ।

मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको एसएसपी ज्ञवालीले जानकारी दिए  ।

विस्फोट कसले र किन गरायो भन्ने खुलिनसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्